यू–१९ राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा गुल्सन

नेपालभ्युज

यू–१९ राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा गुल्सन

काठमाडौं। नेपाल क्रिकेट संघ क्यानले आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोटमा गुल्सन झालाई नेपालको कप्तान बनाएको छ ।

पोखरामा बसेको बोर्डको बैठकले गुल्सनलाई यू–१९ टोलीको कप्तानको जिम्मेवारी दिएको हो।

सिनियर राष्ट्रिय टोलीबाट पनि खेलिसकेका गुल्सनले पहिलोपटक कप्तानको जिम्मेवारी पाएका हुन्। क्यानले दीपेश कँडेललाई भने उपकप्तान बनाएको छ।

एसिया छनोट फागुन १२ देखि यूएईमा सुरु हुनेछ। छनोटको लागि क्यानले यसअघि नै १४ सदसीय टोलीको घोषणा गरिसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved