कैलालीको घोडाघोडीबाट चित्तलको छालासहित एकजना पक्राउ

नेपालभ्युज

कैलालीको घोडाघोडीबाट चित्तलको छालासहित एकजना पक्राउ

धनगढी। कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ५ देउकलियाबाट प्रहरीले चित्तलको छालासहित एक जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डीएसपी लक्ष्मण बहादुर शाहीको नेतृत्वको टोलीले चित्तलको छाला सहित सोही ठाउँका ५४ वर्षीय खेमराज सापकोटालाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा मङ्गलबार राति १० बजे उनको घरमा घेरा हालेर पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । सापकोटालाई कारबाहीका लागि डिभिजन वन कार्यालय पहलमानपुर पठाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved