झारखण्डमा विवाह समारोहमा ग्यास पड्किएर आगलागी, १४ जनाको ज्यान गयो

नेपालभ्युज

झारखण्डमा विवाह समारोहमा ग्यास पड्किएर आगलागी, १४ जनाको ज्यान गयो

एजेन्सी। भारत झारखण्डको धनबाद सहरमा बुधबार साँझ एउटा बहुतले भवनमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ ।

विवाह समारोहमा ग्यास सिलिण्डर पड्किएर यो घटना भएको हो । एक हप्तामा धनबादमा आगलागीको यो दोस्रो घटना हो ।

सहरको व्यस्ततम इलाका बैंक मोड प्रहरी चौकी इलाकामा रहेको शक्ति मन्दिर नजिकै रहेको १३ तले आशिर्वाद टावर अपार्टमेन्टको दोस्रो तल्लामा आगलागी भएको थियो । जसले केही बेरमै ठूलो रुप लिएको थियो ।

खबर प्राप्त हुनासाथ दमकल घटनास्थलमा पुगेको थियो । कलेक्टर सन्दीप कुमारले ८ देखि १० जनालाई उद्दार गरिएको जानकारी दिए, जसको अवस्था गम्भीर रहेकोमा केहीको मृत्यु भएको छ ।

गत हप्ता शुक्रबार पनि धनबादको एक निजी नर्सिङ होममा आगलागी हुँदा दुई डाक्टरसहित कम्तीमा पाँच जनाको मृत्यु भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved