इरानमा नाचेको भिडियो बनाउने युवा युवतीलाई १० वर्षको जेल सजाय

नेपालभ्युज

इरानमा नाचेको भिडियो बनाउने युवा युवतीलाई १० वर्षको जेल सजाय

एजेन्सी । सडकमा नाचेको भिडयो इन्टाग्राममा पोष्ट गर्ने इरानका युवा युवतीलाई १० वर्षको जेल सजाय सुनाइएको छ । उनीहरुलाई भ्रष्टाचार र  वेश्यावृत्तिको प्रचार प्रसार गरेको आरोपमा दोषी ठहर गरिएको बीबीसीले जनाएको छ ।

भिडियोमा उनीहरू तेहरानको आजादी टावरमा नाचिरहेको देखाइएको छ। युवायुवतीले सार्वजनिक स्थानमा नाचेर देशको कानुन तोडेका सरकारी आरोप छ । इरानमा यसअघि नैतिकता प्रहरीले नियन्त्रणमा लिएकी एक महिलाको मृत्युपछि भएको विशाल विरोध प्रदर्शनमा संलग्न देखिएका मानिसहरूलाई अधिकारीहरूले कडा सजाय दिइरहेका छन्।

अहिले पक्राउ परेका दम्पतीले आफ्नो नृत्यलाई इरानमा जारी विरोध प्रदर्शनसँग सम्बन्धित नरहेको बताएका छन् ।  २१ वर्षीया अस्तियाज हकीकी र उनका श्रीमान २२ वर्षीय अमिर मोहम्मद अहमदीलाई भ्रष्टाचार र वेश्यावृत्तिलाई बढावा दिएको, राष्ट्रिय सुरक्षाको विरुद्धमा साँठगाँठ गरेको र प्रतिष्ठानविरुद्ध प्रचार गरेको अभियोगमा दोषी ठहर गरिएको छ।

उनीहरुलाई सामाजिक सञ्जाल चलाउन र देश छाड्न पनि दुई वर्षको प्रतिबन्ध लगाइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved