पठानको सफलता भाजपाको नकारात्मक सोचलाई जवाफ : अखिलेश यादव

नेपालभ्युज

पठानको सफलता भाजपाको नकारात्मक सोचलाई जवाफ : अखिलेश यादव

एजेन्सी।  शाहरुख खानको फिल्म ‘पठान’ सुपरहिट भएपछि भारतको समाजवादी पार्टीका अध्यक्ष तथा उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादवले भारतीय जनता पार्टीलाई निशाना बनाएका छन् ।

अखिलेश यादवले मंगलबार ट्वीटरमा लेखेका छन्, ‘पठान’ सुपरहिट हुनु भनेको देश र विश्वमा सकारात्मक सोचको जित हो र भाजपाको नकारात्मक राजनीतिलाई जनताको उचित जवाफ हो ।’

शाहरुख खान, दीपिका पादुकोण, जोन अब्राहमबो अभिनय तथा सिद्धार्थ आनन्द निर्देशित फिल्मले छ दिनमा करिब ६ सय करोड कमाएर रेकर्ड बनाएको छ ।

केही दृश्यमा आपत्ति जनाउँदै केही सङ्घसंस्थाले फिल्मको विरोध गर्दै बहिष्कार गर्न अपिल गरिरहेका थिए । तर यस्ता विरोधलाई दर्शकले खासै महत्व नदिएको पाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved