निहारिका र शिवराज पति पत्नीका रुपमा बस्ने, अदालतमा गरे मिलापत्र

नेपालभ्युज

निहारिका र शिवराज पति पत्नीका रुपमा बस्ने, अदालतमा गरे मिलापत्र

काठमाडौं । ‘कुमारी आमा’ भनिने निहारिका राजपुत र  आरोपी शिवराज श्रेष्ठले अदालतमा मिलापत्र गरेका छन् ।

जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा उनिहरुले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र गरेका हुन्  ।

मिलापत्र अनुसार श्रेष्ठले अब निहारिकालाई श्रीमतीका रुपमा स्वीकार्ने भएका छन्  । जिल्ला अदालतमा अंश मुद्दा दिएकी निहारिकाले आफूहरु दुईबीच पति–पत्नीका रुपमा बस्ने निर्णय भएको बताएकी छन्  ।

मिलापत्रमा भनिएको छ,  ‘म र नाबालक छोरा समेतलाई इज्जत अनुसार खान, लाउन, औषधोपचारखर्च, छोराको पढाइ लेखाइ खर्च तथा पिता पतिको हुने कर्तव्य निर्वाह गर्छु भनेर विपक्षीले स्वीकार गरेकाले म पनि एकासगोलमा नै बस्ने गरी फिराद दाबी छाडेको…’ ।

आफू बलात्कृत भएको भन्दै  उनले आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने, मुद्दाको बारेमा घटनाको सुरुवातदेखि नै  पुनः जाँच गरिनुपर्ने  माग राख्दै उनी पटक पटक  अनशन बसेकि थिईन् ।

उच्च अदालत जनकपुरले निहारिकाको छोरा र श्रेष्ठको डीएनए जाँच गर्न ८ भदौमा आदेश दिए पछि गरिएको परिक्षणमा उनको  छोराको डीएनए शिवराजसँग मिलेको थियो । डीएनए मिलेपछि निहारिकाले अदालतमा अंश मुद्दा दिएकी थिइन् ।

निहारिकाले  २७ साउनमा शीतलनिवास अगाडि आत्मदाहको प्रयास समेत गरेकी  थिइन् ।

 

 

 

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved