फरक क्षमता भएकाहरू भाडाको ट्याक्सी लिएर सिंहदरबारभित्र जान पाउने

नेपालभ्युज

फरक क्षमता भएकाहरू भाडाको ट्याक्सी लिएर सिंहदरबारभित्र जान पाउने

काठमाडौं। फरक क्षमता भएका मानिसहरू कालो नम्बर प्लेट अंकित गाडीमा सिंहदरबारभित्र जान पाउने भएका छन् । श्रम तथा रोजगार मन्त्रालयको पहलमा गृह मन्त्रालयले यो निर्णय गरेको हो ।

गृहका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार सबैले भाडाका गाडी लिएर जान दिने होइन । अपाङ्ग र फरक क्षमता भएकाहरूलाई मात्र सिंहदरबार प्रवेशमा सहज बनाइएको हो ।

यो निर्णयसँगै अपांगता भएकाहरू ट्याक्सी लिएर सिंहदरबारभित्र नै जान पाउने भएका छन् । यसअघि, भाडाका गाडी सिंहदरबारभित्र लैजान पाउने व्यवस्था थिएन । त्यसैले आफू सवारी साधन नचलाउने अपांगता भएकाहरूले हिँडेरै वा अरू कसैसँग लिफ्ट मागेर सिंहदरबार जानुपर्ने बाध्यता थियो ।

गृह मन्त्रालयका प्रवक्ता पोखरेलका अनुसार फरक क्षमता भएकाहरू सिंहदरबारको प्रवेशद्वारमा पुगेपछि आफ्नो काम भएको मन्त्रालय बताउनुपर्छ । त्यहाँ रहेका सुरक्षाकर्मीहरूले सम्बन्धित मन्त्रालयमा बुझ्छ र, मन्त्रालयले खबर गरेपछि सुरक्षाकर्मीहरूले प्रवेश दिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved