फेब्रुअरीलाई ‘आयोडिन मन्थ’ का रूपमा मनाइने

नेपालभ्युज

फेब्रुअरीलाई ‘आयोडिन मन्थ’ का रूपमा मनाइने

काठमाडौं । सरकारले फेब्रुअरी महिनालाई ‘आयोडिन मन्थ’ का रूपमा मनाउने भएको छ।  आयोडिनयुक्त नुनको प्रवर्द्धन तथा यससम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोडिनको कमीबाट हुने विकृति निवारणसम्बन्धी जनचेतना जगाउने उद्देश्यअनुरूप फेब्रुअरी महिनालाई आयोडिनको कमीले हुने विकृतिहरुसम्बन्धी जनचेतना जगाउने महिनाका रूपमा मनाउन लागिएको साल्ट ट्रेडिङ कर्पोरेसन लि. ले जनाएको छ ।

युनिभर्सल साल्ट आयोडाइजेसनको सदस्य राष्ट्रको हैसियतले नेपालमा सन् १९९८ देखि हरेक फेब्रुअरी महिनालाई ‘आयोडिन मन्थ’ घोषणा गरी आयोडिनसम्बन्धी चेतनामूलक गतिविधि सञ्चालन गरिँदै आएको छ ।

नेपाल सरकारले विगत ६० वर्षदेखि साल्ट ट्रेडिङ कर्पोरेसन लि. लाई देशभर आयोडिनयुक्त नुनको आपूर्तिको जिम्मेवारी दिएको छ ।

आजदेखि सुरु आयोडिन मन्थमा चेतनामूलक सन्देश लेखिएको सपिङ्ग झोला, स्कुल झोला, टी-सर्ट तथा पम्पलेट जस्ता सामग्री वितरण गर्न विभिन्न विद्यालय तथा हाट बजारमा टोली खटाइने छ र उक्त अवसरमा आयोडिनको महत्वबारे जनचेतना जगाउन कार्यक्रम सञ्चालन गर्न लागिएको कम्पनीले जनाएको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved