अमेरिकाको फ्लोरिडामा अन्धाधुन्ध गोली प्रहार, १० जना घाइते

नेपालभ्युज

अमेरिकाको फ्लोरिडामा अन्धाधुन्ध गोली प्रहार, १० जना घाइते
प्रतिकात्मक तस्वीर ।

काठमाडौं। अमेरिकाको फ्लोरिडामा सोमबार भएको गोलाबारीमा १० जना घाइते भएका छन् । घटना फ्लोरिडाको लेक ल्यान्ड इलाकामा भएको हो। प्रहरी प्रमुखका स्याम टेलरका अनुसार हमलाकर्ता एक गाढा निलो रङको कारमा आए गाडीको चारै वटा सिसा खोल्नेबित्तिकै अन्धाधुन्ध गोली चलाउन थाले। रिपोर्टका अनुसार दुई जनाको अवस्था गम्भीर छ । घटनापछि प्रहरी गाडीको खोजीमा जुटेको छ ।

प्रहरीका अनुसार यो गोली बारी केही मानिसलाई निशानामा राखेर गरिएको थियो । तीन जनालाई आपत्कालीन सेवाले अस्पतालमा भर्ना गरेको छ । उनीहरूको उमेर २० देखि ३५ वर्षको बीचमा छ ।

सीएनएनका अनुसार हमलाकर्ताले आफ्नो गति अलि कम गरेर गोली हान्न सुरु गरे । स्थिति गम्भीर भएकाहरूलाई पेट र अनुहारमा गोली लागेको छ । गोली चल्नु एक मिनेट अघि मात्रै त्यहाँ स्कुल बसले बच्चालाई उतारेका थिए । यदि घटना केही समय अघि मात्रै भएको भए त्यसमा बच्चाको ज्यानको पनि खतरा थियो । प्रहरी प्रमुख टेलरले दिएको जानकारीमा उनीहरू रात भरी हमलाकर्ताको गाडीको खोजी गर्दैछन् ।

प्रहरीका अनुसार घटनास्थलबाट भारी मात्रामा गाँजा पनि बरामद गरिएको छ । गोलीबारीका बेला त्यहाँ गाँजा बेचिँदै थियो भन्ने अनुमान गरिएको छ । यद्यपि, यसको घटनासँग सम्बन्ध के छ भनेर प्रहरीले अहिले पनि अनुसन्धान गरिरहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved