राष्ट्रपति निर्वाचनको मितिमा आयुक्त पौड्यालको फरक मत

नेपालभ्युज

राष्ट्रपति निर्वाचनको मितिमा आयुक्त पौड्यालको फरक मत

काठमाडौं । निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्यालले आयोगको बहुमत आयुक्तहरूले तोकेको राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मितिप्रति फरक मत राखेका छन् । आयोगको सोमबार बसेको बैठकले फागुन २५ गते राष्ट्रपति र ३ चैतमा उपराष्ट्रपतिको निर्वाचन गर्नेगरी तोकेको मितिबारे पौड्यालले लिखित रूपमै फरक मत राखेका हुन् ।

उक्त निर्णयको पक्षमा प्रमुख आयुक्त दिनेश थपलिया र आयुक्तहरु रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर र सगुन सम्शेर जबरा रहेका छन् भने पौड्यालले भने यो निर्णय राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन २०७४ प्रतिकूल भएको मत व्यक्त गरेका छन् ।

राष्ट्रपति र उपराष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि निर्वाचन गरिसक्नुपर्ने निर्वाचन ऐन २०७४ को दफा ४ को उपदफा (१) विरुद्ध यो निर्णय गरिएको मत राखेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्षे कार्यकाल २८ फागुनमा सकिन्छ । त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल ३ चैतमा सकिन्छ । ऐनमा गरिएको व्यवस्था पछ्याउने हो भने नयाँ राष्ट्रपति २८ माघभित्र चुनिसक्नुपर्छ भने नयाँ उपराष्ट्रपति चुनाव ३ फागुन २०७९ भित्र चयन गरिसक्नुपर्ने हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved