पाकिस्तान आत्मघाती विस्फोट : मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो, १५० घाइते

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले पेशावरको मस्जिदमा भएको आतङ्कवादी हमलाको निन्दा गर्दै खुफिया र प्रहरी बललाई सचेत रहन समेत आग्रह गरेका छन्।

नेपालभ्युज

पाकिस्तान आत्मघाती विस्फोट : मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो, १५० घाइते

इस्लामाबाद । पाकिस्तानको पेशावरको पुलिस लाइन्स क्षेत्रको मस्जिदमा सोमबार भएको आत्मघाती विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ।

उक्त घटनाको पुष्टि पेशावरका कमिश्नर रियाज मेहसूदले गरेका छन् । उनका अनुसार मस्जिद भित्र उद्धार प्रयास जारी छ ।

‘शहर भरका अस्पतालमा आपतकालीन सेवा तयार पारिएको छ र उपचारको उचित प्रबन्ध गरिएको छ । पेशावरको पुलिस लाइन्स इलाकामा रहेको मस्जिदमा दिउँसोको नमाजको समयमा विस्फोट भएको हो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार आत्मघाती आक्रमणकारी प्रार्थनाको क्रममा अगाडिको पङक्तिमा उपस्थित भई विस्फोट गराएको सुरक्षा अधिकारीहरूले बताएका छन्।

विस्फोट हुँदा मस्जिदमा कम्तिमा १२० जना मानिस रहेको एक प्रत्यक्षदर्शीले बताएका छन् । घाइते हुनेमा अधिकांश प्रहरी रहेको उनले बताए ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले पेशावरको मस्जिदमा भएको आतङ्कवादी हमलाको निन्दा गर्दै खुफिया र प्रहरी बललाई सचेत रहन समेत आग्रह गरेका छन्।

एएनआई


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved