बोर्डले दुबईमा गर्न लागेको ‘नेपाल सिनेमा फेस्ट २०२३’ विवादित

नेपाल भ्युज

बोर्डले दुबईमा गर्न लागेको ‘नेपाल सिनेमा फेस्ट २०२३’ विवादित

काठमाडौंं। चलचित्र विकास बोर्डले फेब्रुअरी १२ देखि १५ सम्म दुबईमा गर्न लागेको ‘नेपाल्स सिनेमा फेस्ट २०२३’ विवादमा परेको छ । विवादित सूर्य कर्पोरेसनसँग सहकार्य गरेर बोर्डले फेस्ट गर्न लागेको भनेर भनेर विरोध सुरु भएको हो ।

सूर्य कर्पोरेसन केही अगाडि वैदेशिक रोजगार विभागले ८० बढी राहदानी र विदेशमा कामदारको रूपमा पठाउने भन्दै रकम लिएको कागजपत्र फेला पारेको कम्पनी हो ।

फिल्म निर्माता निर्देशक सन्तोष सेनले पनि सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै बोर्डको फेस्टको नाममा हुने नेपाली कलाकारको घुमघाम र नाचगान कार्यक्रमले नेपाली फिल्मलाई कसरी विश्व बजारमा लैजान सहयोग गर्छ होला ? भन्ने प्रश्न उठाएका छन् । उनले फेस्टमा बोर्डले दिन लागेको ३० लाख सरकारी बजेको समेत विरोध गरेका छन् ।

उनले लेखेका छन्, ‘चलचित्र विकास बोर्डले ३० लाख खर्च गरेर विवादास्पद कम्पनी सूर्य कर्पोरेशनसँंग मिलेर नेपाली फिल्म र पर्यटनलाई विश्व सामु पुर्‍याउने नाराका साथ दुबईमा गर्न लागेको नेपाली सिनेमा फेस्ट २०२३ गर्ने भएको रहेछ ।

नेपाली चलचित्रलाई विश्व बजारमा पुर्‍याउने चाहना स्वागतग्य हो । तर नेपाली कलाकार घुमघाम र नाचगान कार्यक्रमले नेपाली फिल्मलाई कसरी विश्व बजारमा लैजान सहयोग गर्छ होला ?’

त्यस्तै निर्माण कम्पनी षट्कोण आर्ट्सले समेत फेस्टको विरोध गर्दै आफ्नो फिल्म सहभागी नहुने जनाएको छ । विवादित कम्पनीसँग मिलेर फेस्टिभल गर्न लागिएको र अनुमति विना फिल्मलाई समावेश गरिएको प्रति आपत्ति जनाउँदै निर्माण कम्पनी षट्कोण आर्ट्सले ‘महापुरुष’ फेस्टिभलमा सहभागी नहुने घोषणा गरेको हो ।

३० लाखको खर्चमा विवादास्पद कम्पनीसँग मिलेर बोर्डले दुबईमा गर्न लागेको फेस्टिभलमाथि पनि षट्कोण आर्ट्सले प्रश्नसमेत उठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved