तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपालभ्युज

तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं। नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य तीन सय रुपैयाँले बढेर प्रतितोला एक लाख ६ हजार तीन सय पुगेको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख छ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला तीन सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिनको मूल्य एक लाख पाँच हजार पाँच सय थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार तीन सय ६५ कायम रहेको महासङ्घले जनाएको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved