मेयर बालेनले प्रधानमन्त्री प्रचण्डलाई भेटे

पछिल्लो समय सडकका व्यापारीलाई हटाएको र सुकुम्बासी बस्ती उठाउन खोजेको भनेर शाहको आलोचना हुँदै आएको छ ।

नेपालभ्युज

मेयर बालेनले प्रधानमन्त्री प्रचण्डलाई भेटे

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

प्रधानमन्त्रीलाई भेट्न बालेन विहान बालुवाटार पुगेका हुन् । भेटमा बालेनले महानगरलाई परेका अड्चनबारे प्रधानमन्त्रीलाई जानकारी गराउँदै सहयोगका लागि आग्रह गरेका थिए ।

पछिल्लो समय सडकका व्यापारीलाई हटाएको र सुकुम्बासी बस्ती उठाउन खोजेको भनेर शाहको आलोचना हुँदै आएको छ ।

सुकुम्बासी बस्ती हटाउन सुरक्षाको माग गर्दै बालेन केही दिनअघि गृहमन्त्री रवि लामिछानेसँग पनि पुगेका थिए । तर रविले कानुन अनुसार अघि बढ्ने जवाफ दिएका थिए ।

यसअघि हिजो काठमाडौंमा बालेनविरुद्ध प्रदर्शन भएको थियो । त्यसको नेतृत्व उनकै साथी भनिएका सुमन सायमीले गरेका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved