धनुषामा हिरासत तोडेर ६ जना थुनुवा फरार

इलाका प्रहरीको भवन पुरानो एवं पछाडिपट्टिबाट जीर्ण रहेकाले फोडेर भाग्न सफल भएको प्रहरीको भनाइ छ ।

धनुषामा हिरासत तोडेर ६ जना थुनुवा फरार

जनकपुरधाम। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत फोडेर थुनुवा फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गएराति हिरासत फोडेर ६ जना थुनुवाहरू फरार भएका हुन् ।

हिरासतमा ७ जना थिए । जस मध्ये एकजना बाहेक सबै फरार भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले पुष्टि गरे ।

फरार हुनेहरूमा राेशन महताे र शंकर महताे हातहतियार मुद्दाका, हरिबिन्द सिंह लागू ओैषध  तथा  बिनाेद शर्मा, अमित मण्डल र राेशन यादव शान्ति सुरक्षा र अभद्र व्यवहार मुद्दाका आराेपी हुन्।

इलाका प्रहरीको भवन पुरानो एवं पछाडिपट्टिबाट जीर्ण रहेकाले फोडेर भाग्न सफल भएको प्रहरीको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved