ग्वार्कोमा कार र ट्याक्सी ठोक्किँदा २ जनाको ज्यान गयो, ६ जना घाइते

नेपालभ्युज

ग्वार्कोमा कार र ट्याक्सी ठोक्किँदा २ जनाको ज्यान गयो, ६ जना घाइते

काठमाडौं । ललितपुरको ग्वार्कोमा कार र ट्याक्सी ठक्कर खाँदा दुई जनाको ज्यान गएको छ ।  ६ जना घाइते भएका छन् ।

गएराति बा २ ज ३४२० नम्बरको ट्याक्सी र बा ४ च १ नम्बरको कार ठोक्किँदा ट्याक्सीमा रहेका ललितपुरको ताल्चीखेल बस्ने सुनसरीका ४७ वर्षका सरोजकुमार विक र काठमाण्डौको कलङ्की बस्ने मोरङका अन्दाजी ३५ वर्षका धनबहादुर बस्नेतको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका अन्य ६ जनाको बी एन्ड बी अस्पतालमा उपचार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved