बाँकेमा पेट्रोल छर्किएर २ वर्षे छोराको हत्या, श्रीमती घाइते

कोहलपुर नगरपालिका वडा नम्बर २ शक्तिनगरका भानुभक्त विकले पेट्रोल छर्किएर आगो लगाउँदा उनका दुई वर्षीय छोरा प्रिन्सको ज्यान गएको हो । आगो लगाएर भारततर्फ भागेका भानुभक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपालभ्युज

बाँकेमा पेट्रोल छर्किएर २ वर्षे छोराको हत्या, श्रीमती घाइते
सांकेतिक तस्वीर

बाँके । बाँकेमा एक युवाले आफ्नै श्रीमती र छोरामाथि पेट्रोल छर्केर आगो लगाएका छन् । आगो लागेर २ वर्षका छोराको ज्यान गएको छ भने श्रीमती घाइते भएकी छिन् ।

कोहलपुर नगरपालिका वडा नम्बर २ शक्तिनगरका भानुभक्त विकले पेट्रोल छर्किएर आगो लगाउँदा उनका दुई वर्षीय छोरा प्रिन्सको ज्यान गएको हो । आगो लगाएर भारततर्फ भागेका भानुभक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

भानुभक्तले यसअघि पनि पटक पटक श्रीमतीलाई कुट्दै आएकोमा आइतबार आगो लगाएका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved