आज शहीद दिवस, शहिदको उचित सम्मानकै खोजी

नेपालभ्युज

आज शहीद दिवस, शहिदको उचित सम्मानकै खोजी

काठमाडौं । आज शहीद दिवस । विक्रम संवत् १९९७ मा चार जना नेपाली सपुतलाई राणा शासकले मृत्युदण्ड दिएको स्मरण तथा शहीदको सम्मान स्वरूप हरेक वर्ष माघ १६ लाई शहीद दिवसका रूपमा मनाउने गरिन्छ । माफी मागेर निरङ्कुश शासनसामु झुक्नुभन्दा मुलुकमा लोकतन्त्र र जनताको अधिकारका लागि ज्यान सजाय स्वीकार गर्ने चार जना र अन्य ज्ञात अज्ञात शहीदहरूको सम्मानमा हरेक वर्ष मुलुकमा माघ १० गतेदेखि १६ गतेसम्म शहीद सप्ताहको रूपमा मनाइने गरिन्छ ।

तत्कालीन राजा महेन्द्रद्वारा २०१२ सालमा काठमाडौँ नगरलाई शहीद दिवस मनाउने आदेश भएदेखि काठमाडौँ महानगरपालिकाले शहीद दिवस मनाउँदै आएको छ । आज पनि शहीद दिवस मनाउने जिम्मेवारी राज्यको केन्द्रीय स्तरमा नभई काठमाडौँ महानगरपालिकालाई नै छ ।

संवत्  १९९७ माघ १० गते शुक्रराज शास्त्रीलाई टेकुस्थित खरीको रुखमा, माघ ११ गते धर्मभक्त माथेमालाई सिफलस्थित रुखमा झुण्ड्याएर मारिएको थियो । त्यसैगरी दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई माघ १५ गते शोभाभगवतीस्थित विष्णुमतीको किनारमा गोली ठोकेर मारिएको थियो ।

तर नेपाली जनताको सबै अधिकार खोसिएका बेला शहादत प्राप्त गरेका नेपालका शहीदको अहिले पनि उचित सम्मान भएको छैन । शहीद दिवस हरेक वर्ष मनाइए पनि यो औपचारिकतामै सीमित छ । मुलुकमा गणतन्त्र आए पनि शहीदको योगदानको कदर हुन नसकेको धारणा शहीद परिवार, राजनीतिज्ञ, लेखक, विश्लेषक र विद्वान्हरूको  छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved