कस्ता व्यक्तिले रक्तदान गर्ने ?

नेपालभ्युज

कस्ता व्यक्तिले रक्तदान गर्ने ?

एजेन्सी । रक्तदान जीवनदान हो । तर यसलाई पनि जो कसैले गर्छु भनेर हुँदैन । यदी तपाईं रगत दान गर्न चाहनुहुन्छ भने निम्न खालका योग्यता हुनुपर्छ ।

  • रक्तदान गर्ने व्यक्तिलाई मलेरिया, जन्डिस, मधुमेह, क्षयरोग र एचआइभी लगायत कुनै पनि यौनरोग लागेको हुनुहुँदैन ।
  • मदिरा सेवन गरेका व्यक्तिले रगत दिनुहुँदैन । त्यस्तै, लागुपदार्थ सेवन गरेका व्यक्तिले पनि रक्तदान गर्नुहुँदैन ।
  • रक्तदान गरेको तीन महिनापछि मात्र पुनः रक्तदान गर्न सकिन्छ । गर्भवती, ६ महिना नपुगेकी सुत्केरी र महिनावारी भइरहेको अवस्थामा पनि रक्तदान गर्नुहुँदैन ।
  • रक्तदान गर्ने व्यक्तिको शरीरमा हेमोग्लोबिनको मात्रा १० प्रतिशतभन्दा कम हुनुहुँदैन ।
  • रक्तदान गर्नुभन्दा तीन घन्टाअघि पोषिलो खाना सेवन गर्नु राम्रो हुन्छ । र, रक्तदानको समय जुसको सेवन गर्दा पनि स्वास्थ्यमा फाइदा पुग्छ । यस्तो खानाले थकाइ लाग्न दिँदैन ।
  • १८ देखि ६० वर्षसम्मका मानिस रक्तदान उमेर समूहमा पर्छन् । रक्तदान गर्ने मानिसको तौल ४५ किलोग्रामभन्दा बढी हुनुपर्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved