मर्निङ वाक गर्ने सही समय र तरिका

नेपालभ्युज

मर्निङ वाक गर्ने सही समय र तरिका

एजेन्सी । स्वास्थ्यका लागि मर्निङ वाक एकदमै राम्रो हो । तर यसको पनि समय हुन्छ । तपाईं जति बजे पनि उठेर हिँड्नु स्वास्थ्यलाई फाइदा भन्दा हानी पनि भएको हुन सक्छ ।

जाडोयाममा घाम लागेर तापक्रम हल्का बढेपछि मात्रै घरबाट निस्कनुपर्छ । शरीरलाई न्यानो बनाइराख्नका लागि बाहिर निस्कँदा पर्याप्त कपडा लगाउनुपर्छ ।

मर्निङ वाकबाट फर्कंदा पसिनाले कपडा भिजेको हुन्छ । त्यसलाई परिवर्तन गर्नुपर्छ । शरीरबाट पसिना पुछ्नुपर्छ ।

बिहानै ५–६ बजे वाकमा निस्कने गल्ती नगर्नुुहोला । यस्तो गर्दा चिसोले उल्टै विभिन्न समस्या निम्त्याउँछ । दीर्घरोगीहरूका लागि यो झनै घातक छ । बिहानै निस्कँदा ब्लडप्रेसर हाई हुने सम्भावना हुन्छ । प्यारालाइसिस, हर्टअट्याक हुन सक्छ ।

बिहानै बाहिर निस्कँदा मस्तिष्कघात, जोर्नी दुखाइ, दम बढ्ने लगायतका समस्या देखिन सक्छ । कतिपय पुराना रोगहरू पनि बल्झने हुन्छ । चिसोले एलर्जीसमेत हुन सक्छ ।

त्यस्तै, कुहिरो लागेको वेला मर्निङ वाकमा निस्कनुहुँदैन । धुलोका कण माथिमाथि हुन्छ र त्यो शरीरमा प्रवेश गर्न सक्छ । जसले स्वास्थ्यमा नकारात्मक असर बढी हुन सक्छ ।

मर्निङ वाक भर्खरै थाल्नुभएको छ भने धेरै लामो यात्रा नगर्नुुुस् । सुरुवातमा २० देखि ३० मिनेटको हिँडाइ नै पर्याप्त हुन्छ । बिस्तारै समय बढाउँदै जानुपर्छ । एकै दिन धेरै हिँड्नुहुँदैन ।

हप्तामा सातै दिन वाकमा निस्कनुपर्छ भन्ने छैन । पाँच दिन वाक गर्नु राम्रो मानिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved