दिनदिनै नगरौं यी ६ गल्ती, जो सामान्य लाग्छन् तर…..

नेपालभ्युज

दिनदिनै नगरौं यी ६ गल्ती, जो सामान्य लाग्छन् तर…..

एजेन्सी । हामी दैनिक जीवनयापनका क्रममा यस्ता गल्ती गरिरहेका हुन्छौ, जो स्वास्थ्यका लागि गम्भीर समस्या बन्न सक्छ ।

जस्तो कसिलो जिन्स पहिरिनु, खाना पछि तुरुन्तै ब्रस गर्नु । हुन त यि सामान्य कुरा लाग्छ, तर यसको नतिजा असमान्य बनिदिन्छ ।

१. कसिलो जिन्स लगाउनु

अहिले फेसनमा छ, फिटिङ्स जिन्स । तर, फेसनेवल हुने चक्करमा यति कसिलो जिन्स पनि पहिरिनु हुन्न कि, जसले स्वास्थ्यमा असर गरोस् । किनभने कसिलो जिन्सले हाम्रो छाला एवं मांशपेशीलाई निरन्तर दबाब दिन्छ ।

नसामा पनि दबाब पैदा गर्छ । यसले गर्दा रक्तप्रवाहमा बाधा पुग्छ । असहज हुने त छदैछ, स्वास्थ्यमा पनि नोक्सान पुर्या‍उँछ ।

२. खाना खाए लगत्तै ब्रस गर्नु

खाना खानसाथ तुरुन्तै ब्रस गर्ने बानी छ भने, त्यसलाई छाडिदिनुहोस् । खाना खाएको कम्तीमा तीस मिनेट वा एक घण्टा पछि मात्र ब्रस गर्नुपर्छ । जब खानेकुरा उच्च एसिडिक हुन्छ तब यसको अझ ख्याल राख्नुपर्छ ।

किनभने खाना पछि तुरुन्तै ब्रस गर्दा खानासँगको रसायनिक प्रतिक्रियाले गर्दा दाँतको प्राकृतिक इनामेल खिइन्छ । बरु, खाना खानसाथ पानीले राम्ररी कुल्ला गर्नुपर्छ ।

३. हाँच्छ्यु रोक्ने प्रयास

जब हामीलाई हाँच्छ्यु आउँछ, रोक्ने प्रयास गरिन्छ । हाँच्छ्यु त्यसबेला आउँछ, जतिबेला हाम्रो फोक्सोमा पसेका अनावस्यक कुरा शरीरले बाहिर फाल्न खोजिरहेको हुन्छ । हाँच्छ्यु रोक्दा शरीरमा थप दबाब पैदा हुन्छ ।

४. परफ्युमको प्रयोग

परफ्युममा सिन्थेटिक तत्व मिश्रण गरिएको हुन्छ, जसले तिव्र सुगन्ध दिन्छ र प्राकृतिक तेलभन्दा सस्तो पनि हुन्छ । यहि सिन्थेटिक तत्वले गर्दा तपाईलाई चक्कर आउने, वान्ता आउने समस्या हुनसक्छ । यो आँखा, गला र छालाको लागि पनि हानिकारक हुन्छ । त्यसैले प्राकृतिक तेलयुक्त परफ्युम प्रयोग गर्नुपर्छ ।

५. सस्तो प्लाष्टिक बक्सको खाना

हामी कतिपय खानेकुरा सस्तो प्लाष्टिक बक्समा राख्छौं । तर, यो कृत्रिम रसायनिक पदार्थले बनेको हुन्छ । प्लाष्टिक ब्याग लचिलो बनाउनका लागि त्यस किसिमको रसायन मिसाइएको हुन्छ ।

उक्त रसायन खानेकुरामा सजिलै फैलन्छ जो हामीले सेवन गर्दा शरीरमा प्रवेश गर्छ । त्यसैले यस्तो प्लाष्टिक बक्सको साटो स्टेनलेस स्टिल, सिरामिक वा शिसाको भाँडामा खानेकुरा राख्नुपर्छ ।

६. एन्टिब्याक्टेरियल साबुनको धेरै प्रयोग

हाम्रो छालाको सतहमा धेरैजसो उपयोगी ब्याक्टेरिया हुन्छन् । यसले हाम्रो शरीरलाई सुरक्षा दिइरहेको हुन्छ । एन्टिब्याक्टेरियल साबुन धेरै प्रयोग गर्दा नराम्रो ब्याक्टेरियालाई शरीरमा प्रवेश गर्नका लागि अनुकुलता मिल्छ । त्यसैले एन्टिब्याक्टेरियल साबुन हप्तामा दुई पटकसम्म मात्र प्रयोग गर्नुपर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved