प्रदेश १ सरकारका नाममा उच्च अदालतले जारी गर्‍यो कारण देखाउ आदेश

नेपालभ्युज

प्रदेश १ सरकारका नाममा उच्च अदालतले जारी गर्‍यो कारण देखाउ आदेश

विराटनगर । उच्च अदालत विराटनगरले प्रदेश १ सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

प्रदेश नम्बर १ का मुख्यन्यायाधिवक्ता परिवर्तन राईले नियुक्ति बदरको माग गर्दै उच्च अदालत विराटनगरमा दायर गरेको रिटमा यस्तो आदेश जारी गरेको हो ।

आफ्नो राजीनामा नआई अर्का व्यक्तिलाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेपछि राईले रिट दायर गरेका थिए   ।

उक्त रिटमा आइतबार न्यायाधीश मिलनकुमार राईको इजलासले कारण देखाउ आदेश जारी गरेको हो । अदालतले माघ २३ गते दुवै पक्षलाई  छलफलमा बोलाएको छ ।

गत असोज ९ गते तत्कालिन मुख्यमन्त्री राजेन्द्र राईले परिवर्तन राईलाई मुख्यन्यायधिवक्ता नियुक्त गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved