३० वर्षदेखि एक्लै होटल सञ्चालन गर्दै आएकी महिलाको हत्या

नेपालभ्युज

३० वर्षदेखि एक्लै होटल सञ्चालन गर्दै आएकी महिलाको हत्या

बलेवा । बागलुङको बडिगाड गाउँपालिकाकी एक महिलाको गुल्मीको मुसिकोट नगरपालिका–१ न्वारमा विभत्स हत्या भएको छ । बडिगाड गाउँपालिका–३ सिसाखानी घर भई मुसिकोट नगरपालिका–१ न्वारमा व्यवसाय गर्दै आएकी गङ्गादेवी शेरचनको शनिबार राति हत्या भएको प्रहरीले जनाएको छ ।

अन्ठाउन्न वर्षीया शेरचन न्वारमा ३० वर्षदेखि एक्लै होटल सञ्चालन गर्दै आएकी थिईन्। बिहान अबेरसम्म पनि होटलको ढोका नखोलिएपछि स्थानीयवासीले परिवार र परिवारले प्रहरीलाई खबर गरेपछि घटना बाहिर आएको थियो ।

खबर पाएलगत्तै वामी प्रहरी चौकीबाट प्रहरी घटनास्थल पुगेको थियो । अहिले घटनास्थलमा गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटको नेतृत्वमा पुगेको टोलीले घटनाबारे अनुसन्धान गरिरहेको छ । ‘घटना हत्या भएको हाम्रो आशङ्का छ’, रानाभाटले भने, ‘अहिले कुकुरको सहायताले अनुसन्धान हुँदै छ ।’ अविवाहित उहाँ एक्लै गङ्गा होटल सञ्चालन गर्दै आएकी थिईन् । घटनाको थप अनुसन्धान भइरहेको रानाभाटले बताए ।

शनिबार साँझ उनको होटलमा अपरिचित तीन व्यक्ति बास माग्न आएको स्थानीयवासीले प्रहरीलाई बताएका छन् । उनीहरू बिहान निस्के ननिस्केको विषयमा प्रहरीलाई जानकारी छैन । गङ्गाको शव हातगोडा बाँधिएको, रगत लत्पत्तिएको अवस्थामा रहेको रानाभाटले बताए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved