कर्णालीका मुख्यमन्त्री शर्मा भन्छन्-‘म कामदार हुँ, काम गर्न दिनुहोस् ।’

कर्णालीका मुख्यमन्त्री शर्मा भन्छन्-‘म कामदार हुँ, काम गर्न दिनुहोस् ।’

सुर्खेत। कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले आफू जनताको कामदार भएको बताएका छन् । प्रेस सेन्टरले गरेको कार्यक्रममा मुख्यमन्त्री शर्माले आफू कामदार भएकाले जनताको काम गर्ने बताए ।

‘अहिलेको माग भनेकै अवस्था परिवर्तनको हो, त्यतातर्फ हामी सबै केन्द्रित हुनुपर्ने देखिन्छ ।’ उनले भने, ‘म कामदार हुँ, मलाई सही तरिकाले काम गर्न दिनुहुनेछ ।’

सञ्चार जगतले देशको अवस्था परिवर्तनका मुद्दामा अग्रसर हुनुपर्ने मुख्यमन्त्री शर्माले बताए । ‘व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन भएको छैन् ।’ उनले भने, ‘कर्णाली समृद्धिको अभियानमा पत्रकारिता जगतले सहयोग गर्नेछ ।’

शर्माले सञ्चार जगतले समस्या मात्र नभई समस्याको समाधान गर्नतर्फ केन्द्रित हुनुपर्ने बताए । ‘सञ्चार जगतले समस्या समधानका भूमिका खेल्नुपर्छ ।’ उनले भने, ‘पत्रकारले समाज ऐना भएकाले समस्या समाधान गर्ने भूमिका खेल्न आवश्यक छ ।’

त्यस्तै, कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण जिसीले कर्णालीका पत्रकारका लागि आमसञ्चार प्रतिष्ठान गठनका लागि पहल थाल्ने बताए । ‘मैले पत्रकारका हकहित र सुरक्षाका लागि आमसञ्चार प्रतिष्ठान गठनका लागि पहल थाल्छु ।’ उनले भने, ‘चालु आर्थिक वर्षमा नै प्रतिष्ठान बनाउने गरी पहल गर्नेछु ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved