लुम्बिनी मागी खाने भाँडो होइन, पवित्र थलोमा बसेर अपवित्र काम नगर्नूस् : मन्त्री किराती

नेपालभ्युज

लुम्बिनी मागी खाने भाँडो होइन, पवित्र थलोमा बसेर अपवित्र काम नगर्नूस् : मन्त्री किराती
फाइल तस्वीर

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले लुम्बिनी विकासका कर्मचारीलाई क्यालेन्डरअनुसार कार्ययोजना बनाएर काम गर्न निर्देशन दिएका छन्।

आइतबार लुम्बिनी विकास कोषले आयोजना गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र राज्यमन्त्रीलाई स्वागत कार्यक्रममा बोल्दै मन्त्री किरातीले लुम्बिनी विकास कोषले देखाएको कार्यप्रगतिको रिपोर्ट सन्तोषजनक नभएको भन्दै कोषका कर्मचारीलाई क्यालेन्डरअनुसार कार्ययोजना बनाएर काम गर्ने निर्देशन दिएको हो।

उनले लुम्बिनी जस्तो पवित्र स्थलको काम इमान्दारिताका गर्न आग्रह गरे। मन्त्री किरातीले लुम्बिनीको विकास गर्न कोषसँग बजेट, कार्यक्रम हुँदाहुँदै काम नभएको भन्दै अब भने योजना अनुसारको काम चाहिने बताए।

उनले नेपालको संविधान कानुनअनुसार संरचनाहरू निर्माण भएको भन्दै संरचनाहरूमा कर्मचारी भएर पनि काम किन नभएको? भन्दै प्रश्न गरे। उनले लुम्बिनी विकासको बाँकी काम गर्न क्यालेन्डरअनुसार सात दिन,एक महिना, तीन महिना,६ महिना र एक वर्षमा के गर्ने भन्ने कार्ययोजना बनाउन निर्देशन दिए।

गौतम बुद्धको जन्मथलो लुम्बिनी मागि खाने भाँडो नभएर बौद्ध धर्मावलम्बीहरूको नाभी तथा ढुकढुकी भएको उनको भनाइ छ। मन्त्री किराँतीले कर्मचारीहरूलाई पवित्र थलोमा बसेर अपवित्र कर्म नगर्न आग्रह गरे। उनले नेपालले गौरवका साथ विश्वमा गौतम बुद्धको नाम बेच्ने,पवित्र थलो लुम्बिनी भन्ने तर लुम्बिनीमा नै अपवित्र काम गर्न कसैलाई छुट नभएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved