राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा अन्नत राज थापा

नेपाल भ्युज

राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा अन्नत राज थापा

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले अन्नत राज थापालाई राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ।

एन्फाले आइतबार भारतसँगको आगामी मैत्रीपूर्ण खेलको लागि थापालाई नियुक्त गरेको हो।

गंगा गुरुङलाई टोलीको सहायक प्रशिक्षक र सुरज कुमार लामालाई गोलकिपिङ प्रशिक्षक नियुक्त गरिएको छ।

एन्फाले वृन्दा दिवानलाईलाई टोलीको व्यवस्थापकको जिम्मेवारी दिएको छ।

नेपालले भारतमा घरेलु टोलीसँग फेब्रुअरी १३–२५ को बीचमा मैत्रीपूर्ण खेल खेल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved