नक्कली मदिरा बनाउने कारखाना भेटियो, तीनजना पक्राउ

नेपालभ्युज

नक्कली मदिरा बनाउने कारखाना भेटियो, तीनजना पक्राउ

काठमाडौं। ललितपुरमा विदेशी ब्रान्डको नक्कली मदिरा बनाउने कारखाना भेटिएको छ । प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिकामा कारखाना सञ्चालन गरेर ब्ल्याक लेबलसहितका विदेशी मदिरा बनाउने कार्यमा संलग्नलाई पक्राउ गरेको छ ।

प्रहरीले नक्कली मदिरा बनाउने कार्य र कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो । सो कम्पनीमा नेपाली मदिराको ब्रान्ड पनि नक्कली बनाउने गरेको बताइएको छ ।

विशेष सूचनाका आधारमा उपत्यका प्रहरी कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सञ्चालक दोलखाको कालिञ्चोकका निरज पौडेल  र दुई जना बिक्रेता भएको प्रहरीले जनाएको छ । नक्कली मदिरा कुपण्डोल, नयाँ बसपार्कलगायतका क्षेत्रबाट बिक्री हुने गरेको खुलेको प्रहरीले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved