गंगालाल अस्पताललाई शैक्षिक केन्द्रको रूपमा विकास गर्छौं : प्रधानमन्त्री प्रचण्ड

नेपालभ्युज

गंगालाल अस्पताललाई शैक्षिक केन्द्रको रूपमा विकास गर्छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गंगालाल अस्पताललाई शैक्षिक केन्द्रको रूपमा विकास गर्ने प्रतिवद्धता जनाएका छन् ।

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको २७औं वार्षिकोत्सव समारोहलाई आइतबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । गंगालाललाई शैक्षिक प्रतिष्ठान बनाउन आफ्नो सहयोग रहने भन्दै प्रधानमन्त्री प्रचण्डले त्यसको प्रक्रियाबारे स्वास्थ्य मन्त्रालयमा बुझ्न समेत पदाधिकारीलाई भने ।

प्रधानमन्त्री प्रचण्डले सातै प्रदेशमा विशेष अस्पतालको निर्माण गरेर मुटु रोगसँग सम्बन्धित उपचारलाई पनि जोड्न उच्च प्राथमिकतामा राखेको बताए ।

उनले स्वास्थ्यलाई नागरिकको मौलिक अधिकार भन्दै त्यसलाई व्यवहारमा उतार्न आवस्यक कानुनी व्यवस्था गर्ने आश्वासन पनि दिए । उनले भने, ‘त्यो मौलिक अधिकारलाई व्यवहारमा उतार्न आवश्यक पर्ने ऐन अहिलेसम्म बन्नसकेका छैनन् । ऐन, निर्माण प्रक्रियालाई यथाशिघ्र अघि बढाउने विश्वास दिलाउन चाहन्छु ।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved