इरानी सेनाको हतियार निर्माण केन्द्रमा ठूलो विष्फोट, ड्रोन आक्रमण असफल पारेको सरकारी दाबी

नेपालभ्युज

इरानी सेनाको हतियार निर्माण केन्द्रमा ठूलो विष्फोट, ड्रोन आक्रमण असफल पारेको सरकारी दाबी

एजेन्सी।  इरानको मध्यभागमा पर्ने इस्टहान शहरमा सैन्य क्याम्पमा ठूलो विष्फोट  भएको छ ।

इरानको सरकारी सञ्चारमाध्यमले हथियार निर्माण गर्ने एक केन्द्रमा विष्फोट भएको बताएको छ । इरानी रक्षा मन्त्रालयले साना खालका ड्रोनको माध्यमबाट आक्रमण भएको जनाएको छ ।

मन्त्रालयले भनेको छ, ‘मानवरहित ड्रोनबाट आक्रमण गरिएको थियो, तीनवटा आक्रमण भएकोमा विष्फोटसँग असफल पारिएको छ । यसबाट वर्कसपको छतमा नोक्सानी भएको छ ।’

सामाजिक सञ्जालमा आएका भिडिओहरूमा व्यस्त सडकको किनारमा अवस्थित सैन्य अड्डामा ठूलो धमाका भएको र पछि धुवाँ उडेको देखिन्छ  ।

इस्फहान शहर इरानको परमाणु कार्यक्रमसँग जोडिएको क्षेत्र हो । यहाँ युरेनियम प्रशोधन केन्द्र छ । पछिल्लो आक्रमणमा इजरेलको संलग्नता हुन सक्ने इरानले आरोप लगाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved