काम अलपत्र पार्ने १२ वटा निर्माण कम्पनी कालोसूचीमा

नेपालभ्युज

काम अलपत्र पार्ने १२ वटा निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं। सरकारले विकास आयोजनाको काम अलपत्र पार्ने १२ वटा निर्माण कम्पनीहरुलाई कालोसूचीमा राखेको छ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले आइतबार एक सूचना जारी गर्दै विभिन्न विकास आयोजनाको काम अलपत्र पार्ने १२ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको छ।

कार्यालयका अनुसार यसरी कालोसूचीमा परेका यी निर्माण कम्पनीहरुले आगामी ३ वर्षसम्म सार्वजनिक खरिदका कार्यमा भाग लिन पाउने छैनन्।

विभिन्न विकास आयोजना कार्यालयले गरेको सिफारिसको आधारमा अनुगमन कार्यालयले कालोसूचीमा राखेको हो।

जसमा नेपाल दुरसंचार कम्पनीको सिफारिसमा युनिभर्सल मल्टी सर्भिस, सडक डिभिजन प्युठानको सिफारिसमा स्वर्गद्वारी महाप्रभु विल्डर्स, सुक्रित निर्माण सेवा, एसीडी कन्स्ट्रक्सन कालोसूचीमा परेका हुन्।

यसैगरी सडक डिभिजन डोटीको सिफारिसमा राष्ट्र सेवा निर्माण सेवा, मुक्तिनाथ बिल्डर्स एण्ड कम्पनी, लक्ष्मी निर्माण सेवा, जलेश्वर निर्माण सेवा, डिभी घिमिरे कन्स्ट्रक्सन, अन्जना निर्माण सेवा, दिल्ली ट्रेडिङ र बी म्यानेजमेन्ट कालोसूचीमा राखिएको छ।

यी कालोसूचीमा परेका निर्माण कम्पनीहरुले १ देखि ३ वर्षसम्म कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा भाग लिन पाउने  छैनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved