बालबालिकामा मधुमेह हुँदा यस्ता लक्षण देखिन्छन्

नेपालभ्युज

बालबालिकामा मधुमेह हुँदा यस्ता लक्षण देखिन्छन्

एजेन्सी । केही वर्षयता बालबालिकामा समेत मधुमेहको समस्या तीव्र रूपमा देखिन थालेको छ । विशेषगरी सानो उमेरका बालबालिकामा टाइप १ मधुमेह धेरै देखिन थालेको छ ।

शरीरमा उत्पन्न हुने अटोइम्युन अवस्थाले प्यानक्रियटिक बिटा कोष नष्ट गर्दै लान्छ, जसले इन्सुलिनको मात्रा असन्तुलित हुने हुँदा रगतमा चिनीको मात्रा बढेर जान्छ ।

बच्चामा टाइप २ मधुमेह (डाइबेटिज)ले मोटोपनाको समस्या निम्त्याउने गर्छ, तर वयस्कको तुलनामा बालबालिका यसबाट कमै प्रभावित भएका छन् । सानै उमेरका बालबालिकालाई मधुमेह के कारणले हुन्छ भन्ने यकिन तथ्य अझैसम्म पनि पत्ता लागेको छैन ।

तर, पारिवारिक स्वास्थ्य अवस्था, संक्रमणको प्रारम्भिक जोखिम र अटोइम्युन डिसअर्डर आदिलाई मधुमेहको कारण मानिँदै आएको छ । बालबालिकामा मधुमेहका लक्षण केही सातामै देखिन्छन्, प्रारम्भिक चरणमै लक्षण पत्ता लगाएर उपचार गर्न सकिन्छ ।

अत्यधिक तिर्खा

बालबालिकाले पोलिडिप्सिया वा अत्यधिक तिर्खाएको बताएमा मधुमेहका हुन सक्छ । मधुमेहका कारण शरीरमा तरल पदार्थको असन्तुलन हुँदा अत्यधिक तिर्खा लाग्ने हुन्छ । टाइप १ डाइबेटिजको समस्या भएका बालबालिका अत्यधिक पानी खान रुचाउँछन् ।

बारम्बार पिसाब

सामान्यतया पोलिडिप्सियापछि बालबालिकामा पोलियुरिया अर्थात् बारम्बार पिसाब गर्ने हुन्छन् । शरीरमा ग्लुकोज स्पाइक हुँदा मिर्गाैलाले पिसाबको माध्यमबाट ग्लुकोज हटाउन संकेत गर्छ । जसको परिणामस्वरूप बारम्बार पिसाब गर्न मन लाग्ने हुन्छ ।

भोक

स्वस्थ बालबालिकाको तुलनामा मधुमेह भएका बालबालिका जुनसुकै समयमा पनि खान रुचाउने हुन्छन् । साथै जति खाए पनि नअघाउने खालका हुन्छन् । इन्सुलिनको प्रयोगबिना शरीरले ग्लुकोजको माध्यमबाट ऊर्जा उत्पन्न गर्न सक्दैन ।

बिस्तारै शरीरमा ऊर्जाको कमी हुँदै जाने भएकाले बारम्बार भोक लाग्ने गर्छ । बालबालिकामा यस्ता लक्षण देखिएमा सम्बन्धित चिकित्सकको परामर्श लिनुपर्छ ।

तौल घट्ने

बालबालिकामा मधुमेहको अर्को लक्षण छोटो समयमै तौल घट्नु पनि हो । शरीरमा उत्पादन भएको ग्लुकोज ऊर्जामा मात्रै खपत हुन्छ । इन्सुलिनको कम उत्पादनका कारण शरीरका मांसपेशी कमजोर हुँदै जान्छन्, शरीरले बोसो जम्मा गर्न थाल्छ । फलस्वरूपमा तौल कम हुँदै जान्छ ।

सास गन्हाउने

शरीरमा इन्सुलिनको कमी हुँदा सास गन्हाउने समस्या देखिन्छ । बालबालिकामा मधुमेहको समस्या बढ्दै गएपछि यस्ता लक्षण देखिन्छ । ग्लुकोजको अभावमा शरीरले ऊर्जाका लागि फ्याटको प्रयोग गर्छ जसले शरीरमा केटोन्स अर्थात् रक्त अम्ल उत्पादन गर्छ ।

केटोन्सका कारण सास फलफूलको रसजस्तो गन्हाउने गर्छ ।

व्यवहारमा परिवर्तन

अध्ययनअनुसार स्वस्थ बच्चाको तुलनामा मधुमेह भएका बालबालिकामा व्यवहारिक समस्या बढी हुन्छन् । ८० जनामध्ये २० बालबालिकाले असन्तुलित व्यवहार देखाउने गर्छन् । सामान्यतया मधुमेह भएका बालबालिका खाना फाल्ने, रिसाउने, भनेको नमान्ने  खालका हुन्छन् ।

अधिकांशमा भाइबहिनीसँग झगडा गर्ने, घरमा कडा अनुशासनको महसुस गर्ने, आमाबुबाले अन्यभन्दा आफूलाई फरक व्यवहार गरेको महसुस गर्ने गर्छन् । यस्ता भावनाले मुड परिवर्तन गर्ने, चिन्ता र डिप्रेसनको समस्या निम्तिन्छ ।

यस्तै छालामा कालो दाग देखिने, सधैँ थकान महसुस गर्ने, आँखाको दृष्टिमा समस्या आउने, पेट दुख्ने, घाउ निको हुने समय लाग्नेजस्ता लक्षण पनि देखिन्छन् । बालबालिकामा यस्ता असामान्य लक्षण देखिए स्वास्थ्य जाँच गर्नु आवश्यक हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved