पश्चिमका उच्च पहाडी र हिमाली क्षेत्रमा भारी हिमपात र वर्षाको सम्भावना

तर यसपटक पनि काठमाडौं र पूर्वी क्षेत्रमा भने वर्षा र हिमपातको सम्भावना छैन । वागमती प्रदेश सहित पूर्वी भागमा भने यसपालि पनि वर्षा तथा हिमपातको सम्भावना कम देखिएको उप्रेतीले बताए ।

नेपालभ्युज

पश्चिमका उच्च पहाडी र हिमाली क्षेत्रमा भारी हिमपात र वर्षाको सम्भावना

काठमाडौं। आज आइतबार र भोली सोमबार  देशको पश्चिमी भेगका उच्च पहाडी र हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको प्रभावका कारण भोलि रपर्सि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका सबैजसो उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै पश्चिमी पहाडी र तराई क्षेत्रमा सामान्य वर्षा, चट्याङ र कतैकतै असिनाको समेत सम्भावना छ ।

भारतको मौसम विभागले यो हिउँदमा पहिलो पटक हिमाञ्चल प्रदेश, जम्मु कश्मिर र पूर्वी राजस्थानमा चेतावनी जारी गरेको छ । विभागले ति क्षेत्रमा ठूलो वर्षा र हिमपातको संभावना रहेकोले सावधानी अपनाउन भनेको छ । त्यही प्रणालीको असरले नेपालको पश्चिमी भेगमा हिमपात र वर्षाको सम्भावना रहेको हो ।

जलवायु तथा विपदविज्ञ धर्मराज उप्रेतीले पश्चिमका केहि ठाउँमा भारी हिमपात हुने भएकाले सावधानी अपनाउन सुझाव दिए । तर यसपटक पनि काठमाडौं र पूर्वी क्षेत्रमा भने वर्षा र हिमपातको सम्भावना छैन । केहि ठाउँमा फाट्टफुट्ट बदली र वर्षा भएपनि वागमती प्रदेश सहित पूर्वी भागमा भने यसपालि पनि वर्षा तथा हिमपातको सम्भावना कम देखिएको उप्रेतीले बताए ।

यसअघि यही हप्ता पनि पश्चिमी क्षेत्रमा सामान्य वर्षा र हिमपात भएको भए पनि काठमाण्डौसहित पूर्वका क्षेत्रमा यो हिउँदमा वर्षा भएको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved