प्रमोद खरेलको कन्सर्टमा च्यापिएर ३० जना भन्दा धेरै घाइते, केहिको अवस्था गम्भीर

महोत्सवको सांगितिक कार्यक्रम अन्तरगत प्रमोद खरेलले गीत गाउने समयमा दर्शकको अत्याधिक ठेलम्ठेल हुँदा ३० जना भन्दा धेरै घाइत भएका हुन् । केहिको अवस्था गम्भीर छ ।

नेपालभ्युज

प्रमोद खरेलको कन्सर्टमा च्यापिएर ३० जना भन्दा धेरै घाइते, केहिको अवस्था गम्भीर

धनकुटा। धनकुटामा चलिरहेको धनकुटा महोत्सवमा भागदौड हुँदा ३० जना भन्दा धेरै घाइते भएका छन् । महोत्सवको सांगितिक कार्यक्रम अन्तरगत प्रमोद खरेलले गीत गाउने समयमा दर्शकको अत्याधिक ठेलम्ठेल हुँदा ३० जना भन्दा धेरै घाइत भएका हुन् । केहिको अवस्था गम्भीर छ ।

आयोजकले टिकट नहुनेहरुलाई कार्यक्रमस्थल छिर्न नदिँदा दर्शकको भागदौड मच्चिएको थियो । केहि घाइतेको जिल्ला अस्पताल धनकुटामा उपचार सम्भव नभएपछि थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय धनकुटाकी निमित्त प्रमुख ममता अधिकारीले घटनाको क्षति विवरण संकलन भइरहेको जानकारी दिइन् । प्रत्यक्षदर्शीले केही बालबालिकासमेत भीडमा च्यापिएको बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved