मौसम परिवर्तन हुँदा पनि हुन्छ डिप्रेसन, कसरी जोगिने ?

नेपालभ्युज

मौसम परिवर्तन हुँदा पनि हुन्छ डिप्रेसन, कसरी जोगिने ?

एजेन्सी । सिजनल अफेक्टिभ डिसअर्डर (एसएडी) डिप्रेसनको एउटा प्रकार हो, जुन मौसम परिवर्तनसँग सम्बन्धित छ । यो डिप्रेसन हरेक वर्ष एउटै समयमा सुरु भएर त्यही समयमा निको हुने गर्छ । अर्थात् कुनै व्यक्तिमा सेप्टेम्बरमा डिप्रेसनको लक्षण देखिएमा अर्को वर्ष पनि सेप्टेम्बरमै फेरि डिप्रेसन देखिने गर्छ ।

सामान्यतया गर्मी मौसमको सुरुवात वा अन्त्यतिर सिजनल अफेक्टिभ डिसअर्डरसम्बन्धी समस्या देखिने गर्छ । एसएडीलाई सामान्य भाषामा विन्टर डिप्रेसन पनि भनिन्छ । अमेरिकन साइक्याट्रिक एसोसिएसनका अनुसार यो दिमागमा हुने एक किसिमको असन्तुलन हो, जुन सूर्यको किरणको अभावका कारण उत्पन्न हुन्छ ।

सूर्यको प्रकाश कम पर्दा वा घामबाट वञ्चित हुँदा यसले मानिसको दिमागमा हुने सेरोटोनिनलाई असर गर्छ । यो एक किसिमको न्युरोट्रान्समिटर हो जसले मुडलाई परिवर्तन गर्ने गर्छ । मुडमा असामान्य रूपमा हुने परिवर्तनका कारण डिप्रेसन हुने गर्छ । सामान्यतया घामको किरण कम पुग्ने स्थानमा बसोवास गर्नेहरूमा सिजनल अफेक्टिभ डिसअर्डरको जोखिम बढी हुने गरेको पाइन्छ । नेसनल इन्स्टिच्युट अफ हेल्थका अनुसार अन्य डिप्रेसनका समस्या भएमा वा बायोपोलार समस्या भएका व्यक्ति एसएडीबाट बढी प्रभावित हुन्छन् ।

सिजनल अफेक्टिभ डिसअर्डर कसरी कम गर्ने ?

असामान्य परिस्थितिका कारण अधिकांशले कुनै न कुनै मानसिक समस्या भोगिरहेका छन् । खासगरी अत्यधिक तनाव लिने व्यक्ति अझै बढी जोखिममा छन् । अन्य डिप्रेसनको समस्या भएका व्यक्ति त झनै यसबाट पीडित बनिरहेका छन् । सामान्यतया मुडमा आउने परिवर्तनहरू सजिलै नियन्त्रण गर्न सकिँदैन ।

मानसिक रूपमा स्वस्थ रहनका लागि नियमित व्यायाम गर्ने, स्वस्थ खानपान, पर्याप्त निद्रा, दिमागलाई व्यस्त राख्ने, दिनमा कम्तीमा ४० मिनेट जति घाममा बस्ने गर्नुपर्छ ।

सिजनल अफेक्टिभ डिसअर्डर पूर्ण रूपमा नियन्त्रण गर्न सकिँदैन, तर विभिन्न उपचारको माध्यमबाट नियन्त्रणमा राख्न भने सकिन्छ । सिजनल अफेक्टिभ डिसअर्डरका लागि भिटामिन डी सप्लिमेन्ट, थेरापी, औषधि आवश्यक हुन्छन् । गम्भीर लक्षण देखिएमा चिकित्सकको परामर्श आवश्यक पर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved