पेस्तोल खरिद-बिक्री गर्ने दुवै पक्राउ

नेपालभ्युज

पेस्तोल खरिद-बिक्री गर्ने दुवै पक्राउ

जनकपुरधाम । धनुषा प्रहरीले पेस्तोल बेच्ने र खरिद गर्ने दुवैलाई पक्राउ गरि आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा पेस्तोल खरिद गरेको धनुषाको मिथिला नगरपालिका वडा नम्बर–६ बस्ने वर्ष २८ का रोशन महतो र बेच्ने सोही ठाउँ बस्ने वर्ष २६ को शङ्कर महतो रहेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको संयुक्त टोलीले दुवै जनालाई मिथिला नगरपालिका वडा नम्बर–२ नक्टाझि स्थित विश्वकर्मा चोकबाट पक्राउ गरेको धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।

शंकाको आधारमा रोशनलाई चेकजाँच गर्दा प्रहरीले माउजर पेस्तोल १ थान, पेस्तोलमा लोड गरिएको म्याग्जिन १ थान र म्याग्जिनमा लोड भएको गोली २ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

बिहीबार राति करिब ८ बजेको समयमा मिथिला नगरपालिका वडा नंं २ विश्वकर्मा चोकमा एक पुरुष पेस्तोल बोकेर गइरहेको गोप्य सूचनाको आधारमा खटेको प्रहरी टोलीले रोशनलाई शंकास्पद अवस्थामा पक्राउ गरेको थियो ।

पक्राउ परेका रोशनसँग प्रहरीले सोधपुछ गर्दा हतियार सोही ठाउँ बस्ने शङ्कर महतोसँग ५० हजार रुपैयाँ नगद दिई बाँकी २० हजारपछि दिने शर्तमा धनुषाको जटही स्थित सिमानाकाबाट खरिद गरेर ल्याएको प्रहरीलाई दिएको बयानबाट खुलेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

हतियार बिक्री गर्ने शङ्कर महतोलाई तत्कालै पक्राउ गरेर आवश्यक अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक खड्काले शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved