त्रिभुवन विमानस्थलको वेबसाइटमा समस्या आउँदा विमान उडान बन्द

नेपालभ्युज

त्रिभुवन विमानस्थलको वेबसाइटमा समस्या आउँदा विमान उडान बन्द
फाइल तश्वीर

काठमाडौं। त्रिभुवन विमानस्थलमा एक घण्टाभन्दा बढी समयदेखि विमान उडान रोकिएको छ । अध्यागमन विभागको वेबसाइटमा समस्याआउँदा एक घण्टा भन्दा बढी समयदेखि विमान उडान बन्द भएको हो ।

त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले दिएको जानकारीअनुसार फ्लाई दुबई, इन्डिगो एयर एयर इन्डियालगायत ५/६ वटा अन्तर्राष्ट्रिय उडान रोकिएको छ । दिए ।

अध्यागमन विभागले भने सबै सरकारी वेबसाइटमा समस्या आएको बताएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रमै समस्या आई सबै सरकारी वेबसाइट डाउन हुँदा अध्यागमनको वेबसाइट पनि नचलेको एक अधिकारीले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved