ग्लोबल आईएमई बैंकको तातोपानीमा ६३औँ एक्सटेन्सन काउन्टर

नेपालभ्युज

ग्लोबल आईएमई  बैंकको तातोपानीमा ६३औँ एक्सटेन्सन काउन्टर

काठमाडौं। ग्लोबल आईएमई बैंक लिमिटेडले म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा नं ४, तातोपानीमा बैंकको ६३औँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
बैैंकले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै बेनी शाखाको मातहतमा रहनेगरी यो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो ।

यस एक्सटेन्सन काउन्टरबाट निक्षेप संकलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ सेवा दिनेलगायत सेवाहरू उपलब्ध हुनेछन् ।
ग्लोबल आईएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो।

बैंकले ३६५ शाखा, ३६९ एटीएम, ३२१ शाखारहित बैंकिङ सेवा, ६३ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेसिक प्रतिनिधि कार्यालयसमेत गरी ११०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाख भन्दा धेरै ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved