आफ्नै ट्यांकर चलाउन पाउनुपर्ने ट्यांकर चालकहरूको माग

नेपालभ्युज

आफ्नै ट्यांकर चलाउन पाउनुपर्ने ट्यांकर चालकहरूको माग

काठमाडौं। नेपाल पेट्रोलियम ट्यांकर चालक संघले चालकहरूले आफ्नै पेट्रोलियम ट्यांकर चलाउन पाउनुपर्ने माग गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित नेपाल पेट्रोलियम ट्यांकर चालक संघको दोस्रो राष्ट्रिय महाधिवेशन समुद्घाटन समारोहमा बोल्दै नेपाल पेट्रोलियम ट्यांकर चालक संघका अध्यक्ष ईश्वर लामाले चालकहरूले आफ्नै ट्यांकर चलाउन पाउनुपर्ने बताए ।

उनले सधैं परनिर्भर हुनुभन्दा आफूहरूको भविष्यका लागि आत्मनिर्भर हनुपर्ने भएकाले आफ्नै ट्यांकर चलाउन पाउनुपर्ने आफूहरूको माग गरेको उनले बताए । उनले देशभर १ हजार ९०० जना पेट्रोलियम ढुवानी गर्ने चालकहरू रहेको उल्लेख गर्दै उहाँहरूको भूमिका महत्त्वपूर्ण रहेको बताए । अध्यक्ष लामाले एकपटक चालकहरूका लागि कन्ट्याक्ट नामसारी खुलाइदिन पनि माग गरे । साथै, उनले आफूहरूको माग सुनुवाइ नभए ३० दिनभित्र ट्यांकरको साँचो हस्तान्तरण गरेर आन्दोलनमा उत्रिने चेतावनी दिए ।

कार्यक्रमका बीच नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र बिहार ट्यांकर चालक उपचालक संघका बीचमा आपसी सहयोग आदान–प्रदान गर्नेगरी ६ बुँदे समझदारी
पत्रमा हस्ताक्षर गरिएको छ । समझदारीपत्रमा नेपालको तर्फबाट अध्यक्ष ईश्वर लामा र बिहारको तर्फबाट अध्यक्ष चन्द्रप्रकाश सिंहले हस्ताक्षर गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved