त्रिभुवन विमानस्थलबाट एक सयभन्दा बढी राहदानी र पुलिस रिपोर्टसहित दुईजना पक्राउ

नेपालभ्युज

त्रिभुवन विमानस्थलबाट एक सयभन्दा बढी राहदानी र पुलिस रिपोर्टसहित दुईजना पक्राउ

काठमाडौं। त्रिभुवन विमानस्थलबाट अवैधरूपमा बाह्यय मुलुकतर्फ लैजान लागेको पासपोर्ट १ सय १ थान र पुलिस रिपोर्ट ७९ थानसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नवलपरासी (पूर्व) विनयी त्रिवेणी गाउँपालिका-७ घर भएकी ३८वर्षीया सोनी कुमारी गुरुङ र ललितपुर महानगरपालिका-३ घर भएका ३८ वर्षीय अमित बोगटी रहेका छन् ।

नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दिल्ली जान लागेका उनीहरूको लगेजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान गर्ने क्रममा लगेजबाट शंकास्पद रूपमा उक्त राहदानी र प्रहरी चारित्रिक प्रमाणपत्र लैजान लागेको अवस्थामा फेला परेको थियो ।

सोधपुछको क्रममा उक्त राहदानीहरू रोमानियामा भिसा स्ट्याम्पिङ गर्नका लागि लैजान लागेको भनेर वैदेशिक रोजगार विभागबाट जारी भएको भिसा स्ट्याम्पिङ निर्णय फाराम पेस गरेको थियाे । तर, अनुसन्धान गर्दा उक्त फाराममा उल्लेखित विवरण भएको राहदानीहरू र उनीहरूको साथबाट बरामद भएको राहदानीहरूको विवरण फरक पर्न आएको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्ज पठाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved