दही यसरी खाँदा हुन्छ धेरै फाइदा

नेपालभ्युज

दही यसरी खाँदा हुन्छ धेरै फाइदा

एजेन्सी । दही स्वास्थ्यका लागि राम्रो मानिन्छ । यो दुधभन्दा पनि बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्याल्सियम, भिटामिन बी जस्ता पोषक तत्व हुन्छन् ।

दही खानाले शरीरमा धेरै फाइदा प्राप्त हुन्छन् । हरेक दिन यसको सेवन गर्नाले अपच, कब्जियत, ग्यास जस्ता समस्या हल हुने गर्छ ।

भान्छामा कहिलेकाँही धेरै मसालेदार खाना पाक्छन् । केही मसालामा दही मिलाएर खानाले स्वास्थ्यमा विभिन्न फाइदा हुने गर्छन् ।

कालो मरिच

कालो मरिच हरेकको भान्छामा हुन्छ नै । एक कचौरा दहीमा सानो एक चम्चा कालो मरिचको धुलो मिलाएर खाने गरेमा शरीरमा रहेको बोसो कम हुन थाल्छ ।

ड्राई फ्रुट

यदी तपाईं तौल बढाउने विषयलाई लिएर चिन्तामा हुनुहुन्छ भने यसरी दही खानुहोस् । दैनिक ड्राइफ्रुटमा दही हालेर खानाले शरीरमा वजन बढ्छ ।

पिसेको जिरा

खाना पचाउन गाह्रो भएको छ भने पिसेको जिरामा दही हालेर खानुहोस् पाचन प्रक्रियामा सुधार हुन्छ ।

मह

मुखमा छाला गएर समस्यामा पर्नु भएको छ भने दहीमा मह हालेर खाने गर्नुहोस् । दुई तीन दिनमा नै निको हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved