रोग प्रतिरोधी क्षमता बढाउने ५ खानेकुरा

नेपालभ्युज

रोग प्रतिरोधी क्षमता बढाउने ५ खानेकुरा

एजेन्सी। अझै जाडो पूर्ण रुपमा गइसकेको छैन। दिउँसो चर्को घाम र साँझ बिहान चिसो हुने मौसम स्वास्थ्यका लागि झनै हानिकारक छ।

यस्तोमा आफ्नो शरीरमा रोग प्रतिरोधात्मक शक्ति बढाउनुभयो भने तपाईं मौसमी विमारीहरुबाट बच्न सक्नुहुन्छ।

तपाईं आफ्नो घरमै खानपानमा ध्यान दिएर शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन सक्नुहुन्छ। जसका लागि तपाईंले आफ्नो खानपानमा निम्न पाँच खानेकुरा सामेल गर्नुपर्ने हुन्छ।

खजुर

खजुर स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ। यसमा भरपूर मात्रामा आइरन, क्याल्सियम, पोटाशियम, कार्बोहाइडे«ट तथा भिटामिन बी आदि पाइन्छ।

नियमित रुपमा खजुरको सेवन गर्नाले शरीरमा हेमोग्लोबिनको कमी हुँदैन। साथै यसले मांशपेशीहरु पनि बलियो बनाउँछ। शरीरलाई तातो बनाइरहन मद्दत गर्छ।

अन्जीर

अन्जीर जसलाई अंग्रेजीमा फिग पनि भनिन्छ। यो पनि शरीरका लागि एकदमै फाइदाजनक हुन्छ। अन्जीरमा भरपूर मात्रामा फाइबर हुन्छ जसले पेटलाई स्वस्थ राख्न मद्दत गर्छ।

यसलाई नियमित सेवन गर्नाले कब्जीयतबाट पनि छुट्कारा पाइन्छ। यसमा फाइबरका साथसाथै प्रोटिन र भिटामिन सी पनि पाइन्छ। जसले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ।

नट्स

नट्स पनि शरीरका लागि एकदमै फाइदाजनक हुन्छ। खासगरी जाडो समयमा नट्सको सेवन गर्दा शरीरलाई तातो बनाइराख्छ र चिसोबाट जोगाउँछ।

नट्समा तपाईं बदाम, काजु, किसमिस, पिस्ता आदि सेवन गर्न सक्नुहुन्छ। यी फल सेवन गर्दा कोलेस्ट्रोल पनि कम हुन्छ। जसले गर्दा मुटु सम्बन्धी समस्या हुनबाट जोगाउँछ।

तील

तील शरीरका लागि एकदमै स्वस्थकर छ। तील प्रायः हरेक घरमा जहिले पनि प्रयोग भइरहेकै हुन्छ। यो विभिन्न परिकारमा मिसाएर वा लड्डु बनाएर खान सकिन्छ।

तीलमा भरपूर मात्रामा क्याल्सियम, प्रोटिन तथा आइरन पाइन्छ। यो सेवन गर्दा शरीरमा हेमोग्लोविनको लेवल सन्तुलनमा रहन्छ। साथै यसले शरीरमा ऊर्जा दिने काम पनि गर्छ।

गुड

गुड वा शखर पनि शरीरका लागि एदकमै फाइदाजनक हुन्छ। विशेषगरी चिसोमा यसले शरीरलाई गर्मी प्रदान गर्छ। साथै रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ।

गुडले शरीरमा भएको रगतको कमीलाई पनि पूर्ति गर्छ। यदी नियमित रुपमा सही मात्रामा गुडको सेवन गर्नुभयो भने शरीरमा हुने कमजोरी हट्दै जान्छ।

यी सबै चीजहरु स्वास्थ्यका लागि एकदमै फाइदाजनक छन्। तर यदी तपाईंलाई यी मध्ये कुनै पनि खान नमिल्ने अवस्था वा एलर्जी जस्तो केही समस्या छ भने डाक्टरसँग सल्लाह लिएर सेवन गर्न सक्नुहुन्छ।

ओन्लीमाईहेल्थबाट 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved