प्रेमप्रसादको आत्मदाह सरकारप्रतिको चरम निरासाको उदाहरण हो : नेता महर

उनले भने, ‘नयाँलाई पनि जनताले भरोसा गर्न सक्ने अवस्था देखिँदैन। उनीहरूका सुरुवाति स्टेपहरू नै विवादास्पद र निरासाजनक देखिएका छन्। यो अवस्था देशका लागि सुखद होइन।’

नेपालभ्युज

प्रेमप्रसादको आत्मदाह सरकारप्रतिको चरम निरासाको उदाहरण हो : नेता महर
फाइल फोटो

काठमाडौै । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले प्रेम प्रसादको आत्मदाहलाई सरकारप्रतिको चरम निरासाको उदाहरण भएको बताएका छन् ।

कांग्रेस घोराही उपमहानगरपालिकाको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै नेता महरले यस्तो बताएका हुन् । उनले नयाँ आएका दलहरूप्रति पनि युवाको आशा मर्दै गएको टिप्पणी गर्दै  मुलुकमा केही गर्छु भन्ने युवाले आत्मदाह गर्ने अवस्था सिर्जना हुनुले हाम्रो मुलुक कता गइरहेको छ भन्ने थाहा हुने बताए ।

उनले भने, ‘नयाँलाई पनि जनताले भरोसा गर्न सक्ने अवस्था देखिँदैन। उनीहरूका सुरुवाति स्टेपहरू नै विवादास्पद र निरासाजनक देखिएका छन्। यो अवस्था देशका लागि सुखद होइन।’

उनले अब कांग्रेसलाई बलियो बनाउने अभियानमा सबै लाग्नुपर्ने  धारणा राख्खै भने, ‘बहुदलीय व्यवस्थामा पार्टी बलियो र पारदर्शी हुनुपर्छ।  त्यसैले पाँच वर्षसम्म पार्टीको बलियो संगठन निर्माणमा लाग्नुपर्छ। अबको पाँच वर्षपछि कांग्रेस एक्लै चुनावमा होमिने र एकल दुई तिहाई ल्याउने अवस्थामा पुग्नुपर्छ।’

‘अहिलेको सरकारमा विभिन्न विचार र सिद्धान्त भएका मानिसहरू छन्। उनीहरूबीच आफैमा लडाइँ हुन्छ। यो सरकारलाई कसैले ढलाउनु पर्दैन। आफैबीचमा स्वार्थ नमिल्दा छोटो समयमै सरकार आफै ढल्ने छ,’ उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved