बागमती प्रदेश मुख्य न्यायाधिवक्तामा नेपाल

नेपालभ्युज

बागमती प्रदेश मुख्य न्यायाधिवक्तामा नेपाल

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको सिफारिसमा प्रदेशका मुख्य न्यायाधिवक्तामा ज्ञानेन्द्र नेपाललाई नियुक्त गरेका छन् ।

प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१४ का नेपाललाई मुख्य न्यायाधिकवक्तामा आज नियुक्त गरेका हुन् । यसअघिका मुख्यन्यायाधिवक्ता श्यामनारायण श्रेष्ठले एक महिनाअघि राजीनामा दिएका हुन् । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved