राज्यका संयन्त्रले काम गर्न नसक्दा प्रेमप्रसादले आत्मदाह गरे : राष्ट्रिय मानव अधिकार आयोग

नेपालभ्युज

राज्यका संयन्त्रले काम गर्न नसक्दा प्रेमप्रसादले आत्मदाह गरे : राष्ट्रिय मानव अधिकार आयोग

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले इलामका प्रेम प्रसाद आचार्यको आत्मदाहमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  आयोगले बिहिबार एक विज्ञप्ति जारी गर्दै राज्यका संयन्त्रबाट नागरिकका समस्याहरू समयमै उचित रुपमा सम्बोधन हुन नसक्दा आचार्यले आत्मदाह गर्नुपरेको बताएको हो ।

राज्यका निकायले सामाजिक न्यायमा उदासीनता देखाएका कारण यस्ता घटना भएको आयोगको निष्कर्ष छ ।

‘सेवा प्रवाहमा ढिला सुस्ती, कानुन कार्यान्वयन र सुशासनको अभाव, गरिबी, बेरोजगारी र राज्यका निकायको सामाजिक न्यायमा उदासीनता लगायतका विषयले यस प्रकारका घटनालाई बढावा दिने देखिन्छ । ‘ आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

आयोगले पछिल्लो समय आत्महत्याका घटनामा वृद्धि भएको प्रति चिन्ता व्यक्त गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved