आत्मदाहबारे छानबिन गर्न समिति गठन

नेपालभ्युज

आत्मदाहबारे छानबिन गर्न समिति गठन

काठमाडौं । आत्मदाहको प्रयास गरेर उपचारका क्रममा निधन भएका इलामका ३६ वर्षीय प्रेमप्रसाद आचार्यले उठाउका विभिन्न विषयमाथि छानबिन गर्न समिति बनेको छ ।

सतिमि गृह मन्त्रायका सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा बनेको हो । ६ सदस्यीय समितिले आचार्यले उठाएका विषयका बारेमा छानबिन गरी सरकारले के-के गर्नुपर्ने हो, तत्‌ सम्बन्धमा सुझाव दिने कार्यादेश पाएको छ ।

समितिमा अर्थमन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरिक्षक र राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक सदस्य रहनेछन् ।

आत्मदाहको प्रयास गरेका आचार्यले सामाजिक सञ्जाल फेसबूकमार्फत विभिन्न विषयहरूमाथि प्रश्न गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved