ठगी आरोपमा वीरगञ्जबाट ३ जना पक्राउ गरी मुद्दा दायर

नेपालभ्युज

ठगी आरोपमा वीरगञ्जबाट ३ जना पक्राउ गरी मुद्दा दायर

काठमाडौं। बैंकमा राख्न लगेको पैसा लिएर भागेको आरोपमा ३ जना पक्राउ परेका छन्। वीरगञ्जमा रहेको माँ दुर्गे मनी ट्रान्सफर कम्पनीमा काम गर्ने उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरगञ्ज वडा नं १० आदर्शनगर बस्ने आकाश साह, २२ वर्षीय सञ्जय साह र २१ वर्षीय महम्द सकिर मियाँ रहेका छन् ।

रकम ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक प्रज्ज्वल थपलियाले बताए ।

मनी ट्रान्सफर कम्पनीका सञ्चालक विजय साह सरार्फले कृषि विकास बैंकमा जम्मा गर्न लगाएको ४ लाख १४ हजार ८ सय रुपैयाँ लिएर फरार भएको प्रहरीको आरोप छ । उनीहरूको साथबाट प्रहरीले २ लाख २३ हजार ५ सय बरामद भएको छ ।

उनीहरूमाथि ठगी, अपराधिक विश्वासघात तथा अपराधिक लाभ सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतमा मुद्दा दायर भएको छ। यस्तै, अदालतले घटनाको अनुसन्धानका लागि ४ दिनको म्याद दिएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved