कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक छपाइको जिम्मा निजीले पाउने

नेपालभ्युज

कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक छपाइको जिम्मा निजीले पाउने

काठमाडौं। आगामी शैक्षिक सत्रबाट कक्षा १–५ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मा निजी क्षेत्रलाई दिइने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उक्त निर्णय गरेको हो । यसअघि, कक्षा १ देखि ३ सम्मको पुस्तक छपाइको जिम्मा निजी क्षेत्रलाई दिइएको थियो । आगामी शैक्षिक सत्रबाट कक्षा ५ सम्मकै पुस्तक छपाइको जिम्मा निजीले पाउने भएका हुन् ।

मन्त्रालयको निर्णयको आधारमा पाठ्यक्रम विकास केन्द्रले सार्वजनिक सूचना जारी गरेको छ । सूचनाअनुसार  निजी मुद्रक तथा वितरकहरूले कक्षा १ देखि ५ सम्मका चार रङका पाठ्यपुस्तक र अन्य पाठ्यसामग्री छपाइ गरी बिक्री वितरण गर्नुपर्नेछ।

केन्द्रले तयार पारेको प्रिन्ट रेडी कपी (पीआरसी) का आधारमा निजीले पाठ्यपुस्तक छाप्नुपर्नेछ । यसअघि, सोही आधारमा जनक शिक्षा सामग्री केन्द्रले छाप्दै आएको थियो ।

हरेक वर्ष पाठ्यपुस्तकको अभाव हुने समस्या समाधानका लागि निजीलाई पनि पाठ्यपुस्तक छपाइको जिम्मेवारी दिइएको सरकारले जनाएको छ । तोकिएको समयमै विद्यार्थीलाई सहजै पाठ्यपुस्तक उपलब्ध गराउने उद्देश्यले कक्षा ५ सम्मको छपाइको जिम्मा निजी क्षेत्रलाई दिने निर्णय गरिएको केन्द्रले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved