सुनको मूल्यमा कीर्तिमान

नेपालभ्युज

सुनको मूल्यमा कीर्तिमान

काठमाडौं। सुनको मूल्यमा बिहीबार कीर्तिमान कायम भएको छ । सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६ हजार ९ सय रुपैयाँ तोकिएको छ । जुन नेपाली सुन बजारको इतिहासमा सबै भन्दा उच्च मूल्य भएको महासंघले जनाएको छ ।

यस्तै, आज तेजावी सुनको मूल्य तोलाको एक लाख ६ हजार ४ र चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ तोकिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved