जुम्लामा हिमपातले हवाई सेवा अवरुद्ध, जनजीवन कष्टकर

नेपालभ्युज

जुम्लामा हिमपातले हवाई सेवा अवरुद्ध, जनजीवन कष्टकर

काठमाडौं। जुम्लामा हिमपात भएपछि  हवाई सेवा बन्द भएको छ । मंगलबारदेखि निरन्तर हिमपात भएपछि धावन मार्गमा हिउँ जमेकोले विमान अवतरण हुन नसकेको नागरिक उड्डयन प्राधिकरण जुम्लाका निमित्त प्रमुख राजीव श्रेष्ठले बताए ।

धावन मार्गमा हिउँ जमेकाले आज पनि जहाज अवतरण हुन नसकेको श्रेष्ठले बताए । आज नेपालगञ्जदेखि जहाज आउने तयारी अवस्थामा भएकोले धाममार्ग खुलाउन लागिएको नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापाले जानकारी दिए ।

धावन मार्गमा हिउँ जमेपछि बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले धावनमार्गमा हिउँ फाल्ने काम सुरु गरेको छ ।

तीन दिनदेखि हिउँ परेर दैनिक जनजीवन कष्टकर बनेको छ । यसैगरी,  नेपालगञ्जमा जुम्ला आउने यात्रुहरू अलपत्र परेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved