खीर खानुका फाइदा

नेपालभ्युज

खीर खानुका फाइदा

एजेन्सी । खासगरी खीर खाने दिन भनेर त साउन १५ लाई मानिन्छ । तर पनि अहिले जाडो मौसममा पनि कतिपयले खीर खान मन पराउँछन् । बेला बेलामा खीर खानु स्वास्थ्यका लागि फाइदाजनक नै मानिन्छ ।

दुध र चामल पकाएर बनाइने खीरमा मात्रा अनुसार चिनी, घ्यू, सुख्खा फल मिसाइयो भने झनै स्वादिलो हुन्छ । खीर बच्चादेखि वृद्धिसम्म सबैले खान मिल्छ । जानौं खीरका फाइदा बारे ।

  • खीर बच्चादेखि वृद्धसम्म सबैलाई उपयुक्त खाने कुरा हो ।
  • तर, दुध र चिनी खान नहुने मान्छेले खीर पनि खानु हुँदैन । ग्यास्ट्रिकका विरामीले थोरै मात्रामा खान उपयुक्त हुन्छ ।
  • पाचन प्रणाली कमजोर भएका बेला चिल्लोरहित दुध र चामलबाट बनेको खीर खाँदा पचाउन सजिलो हुन्छ ।
  • चामलमा कार्बोहाइड्रेट पाइन्छ भने दुध क्याल्सियम र प्रोटिनको राम्रो स्रोत हो ।
  • चिल्लो ननिकालिएको दुधबाट बनाएको खीरमा पर्याप्त मात्रामा क्यालोरी पाउन सकिन्छ ।
  • गाईको दुधबाट बनाएको खीरबाट हामीले भिटामिन ए पाउन सक्छौं ।
  • खीर बनाउँदा हालिने घ्यूले हाम्रो शरीरमा चाहिने फ्याटको मात्रा पूरा गर्छ ।
  • खीरमा सुख्खा फल मिसाउँदा भिटामिन, मिनरल्स जस्ता तत्व पाउन सकिन्छ ।
  • खीर नरम खाना भएकाले चिल्लो निकालिएको वा घ्यू नहालेको खीर विरामीलाई खुवाउन सकिन्छ । विरामीले खीर नरम हुने भएकाले सजिलै पचाउन सक्छन् ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved